kpta.karnali@gmail.com ०८३-५२२५५४/५२०१११/५२११६५

आगामी तालिमहरू

"कार्यालय सञ्‍चालन तथा व्यवस्थापन" विषयक ३२ दिने सेवाकालीन तालिम (पाँचौ/छैटौ)

आवेदन मिति : २०८२-१०-२६ - २०८२-११-१०

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, वीरेन्द्रनगर सुर्खेत

धेरै सोधिएका प्रश्नहरू

आवेदन दिने तरिका तोकिएको योग्यता र शर्त पुगेका उम्मेदवारहरुले प्रतिष्ठानको अनलाइन तालिम व्यवस्थापन प्रणाली https://kpta.karnali.gov.np/tmsमार्फत् आवेदन दिनुपर्नेछ । प्रकृया नयाँ खाताको सिर्जना गर्ने तरिका • सो प्रकृयाका लागि https://kpta.karnali.gov.np/tms ब्राउजरमा खोल्ने, • नयाँ प्रयोगकर्ता दर्ताका लागि दर्ता गर्नुहोस भन्‍ने बटनमा क्लिक गर्ने, • त्यसमा आवश्यक रहेका विवरणहरु नाम थर इमेल ठेगाना मोबाइल नम्बार एवं पासवर्ड राख्नुहोस अनि खाता दर्ता गर्नुहोस भन्ने बटनमा क्लिक गरि खाताको सिर्जना गर्ने, खाता सिर्जना पश्‍चात फाराम भर्ने तरिका • https://kpta.karnali.gov.np/tms मा गई इमेल ठेगाना र पासवर्ड राखि लगइन गर्नुहोसमा क्लिक गर्ने, • सुरुमा ड्यासबोर्ड खुल्छ ड्यासबोर्डको बायाँपट्टी मेरो प्रोफाइल बटनमा गई आफ्ना व्यक्तिगत तथा पेशागत विवरण भर्नुका साथै आवश्यक कागजपत्र अपलोड गर्ने, • आगामी प्रशिक्षण सत्रहरुमा गई सेवाकालीन तालिम कार्यक्रम छनोट गर्ने, • त्यहाँ आवश्यक कागजपत्रहरु अपलोड गरी पेस गर्ने बटनमा क्लिक गर्ने।

KPTA बाट भविष्यमा प्रदान हुने तालिमको जानकारी KPTA को वेभसाईटमा रहेको सूचनाहरुबाट प्राप्त गर्न सकिन्छ ।

KPTA बाट भविष्यमा प्रदान हुने तालिमको प्रशिक्षार्थीहरुले तालिक व्यवस्थापन प्रणाली(TMS)मा गई नयाँ प्रशिक्षार्थीको रुपमा युजर दर्ता गरि आफ्नो पुर्ण विवरण भरी आवश्यक तालिक छनौट गरी सहभागी हुने सेवा लिन सकिन्छ । वेभसाइटः kpta.karnali.gov.np/tms