ताजा समाचार:
बारम्वार सोधिने प्रश्नहरु

सेवाकालीन तालिममा आवेदन दिने प्रकृया के हो?

आवेदन दिने तरिका तोकिएको योग्यता र शर्त पुगेका उम्मेदवारहरुले प्रतिष्ठानको अनलाइन तालिम व्यवस्थापन प्रणाली https://kpta.karnali.gov.np/tmsमार्फत् आवेदन दिनुपर्नेछ ।

प्रकृया नयाँ खाताको सिर्जना गर्ने तरिका

• सो प्रकृयाका लागि https://kpta.karnali.gov.np/tms ब्राउजरमा खोल्ने,

• नयाँ प्रयोगकर्ता दर्ताका लागि दर्ता गर्नुहोस भन्‍ने बटनमा क्लिक गर्ने,

• त्यसमा आवश्यक रहेका विवरणहरु नाम थर इमेल ठेगाना मोबाइल नम्बार एवं पासवर्ड राख्नुहोस अनि खाता दर्ता गर्नुहोस भन्ने बटनमा क्लिक गरि खाताको सिर्जना गर्ने, खाता सिर्जना पश्‍चात फाराम भर्ने तरिका

• https://kpta.karnali.gov.np/tms मा गई इमेल ठेगाना र पासवर्ड राखि लगइन गर्नुहोसमा क्लिक गर्ने,

• सुरुमा ड्यासबोर्ड खुल्छ ड्यासबोर्डको बायाँपट्टी मेरो प्रोफाइल बटनमा गई आफ्ना व्यक्तिगत तथा पेशागत विवरण भर्नुका साथै आवश्यक कागजपत्र अपलोड गर्ने,

• आगामी प्रशिक्षण सत्रहरुमा गई सेवाकालीन तालिम कार्यक्रम छनोट गर्ने,

• त्यहाँ आवश्यक कागजपत्रहरु अपलोड गरी पेस गर्ने बटनमा क्लिक गर्ने।